२५६७ औं बुद्ध जयन्ती एवं गद्धिरोहण कार्यक्रम सु-सम्पन्न।

उक्त पुण्य कार्यक्रम सम्पन्न गर्नका निमित्त अहोरात्र आफ्नो तन, मन, धन र वचन द्वारा साथ सहयोग गर्नु हुने बिशेष करूणा धार्मिक आमा-बाबा समूह, पु.ब.न.पा -८ , डाँडास्वरा द्वारा पाल्नु हुने सम्पुर्ण मनकारी धर्मानुययी यजमानहरु, पंञ्च बुद्ध आमा समूह डाँडास्वरा साथै सम्पूर्ण सहयोगी दाताहरुमा नमन अनुशरण।

बिशेष गरी पु.ब.न.पा -८ , डाँडास्वराका लगनशिल लामा बिध्यार्थी श्री उर्गेन गुरुङ ( क्यास्विन गुरुङ ) स्याङ -३ , मुस्ताङ स्थित एक बर्षे कठोर गुफा ( छाम् ) सम्पन्न पश्चात् गुम्बाका प्रमुख गुरुवर धोर्जे लोप्योन थुब्तेन श्यनफेन गुरु द्वारा गद्धिरोहण गरी सर्व प्राणी हितार्थ पुण्य परिणामना गर्नु भएको थियो।

यसै पुण्य तिथि बुद्ध जयन्तीको पुण्स अवसर पारी गुम्बाका शुभ चिन्तक अभिभावक एवं करुणा धार्मिक आमा-बाबा समूहका बिशिष्ठ सल्लाहकार आदरणीय श्री हुम कुमारी तमुको संयोजकत्वमा गुम्बामा अध्ययनरत लामा बिधार्थीहरुलाई मध्यनजर गरी उर्गेन जनकल्याण अक्षकोष स्थापना गरीएको पनि जानकारी गर्दछौं।

।। भवतु सब्ब मंगलम् ।।